सरकारको सय दिनमा निकै राम्रो काम भएको छ : सभापति देउवा « Khabarhub

सरकारको सय दिनमा निकै राम्रो काम भएको छ : सभापति देउवा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् ।

कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।

सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए ।

त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।  

त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या बिहिन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : २१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या