प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण « Khabarhub

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् । 

शनिबार भक्तपुरको थिमीमा नेपाल संवत् नयाँ वर्ष  ११४५ को अवसरमा शङ्खधर प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओली मुलुकभित्रको सांस्कृतिक कला, संस्कृति र सम्पदाको सवै मिलेर जगेर्ना गर्नुपर्ने बताए । उनले पाठ्यक्रममा ऐच्छिक बिषयको रुपमा नेपाल भाषालाई समावेश गर्न आवश्यक प्रबन्ध गर्ने धारणा राखे ।

शङ्खधर साख्वाको कामले सुरु भएको नेपाल सम्वतलाई आगामी दिनमा पनि ऐतिहासिक रुपमा मनाइने उनले बताए ।

तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्हरूको भनाइ छ । वि.सं. ९३७ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बतको थालनी गरेको बताइदै आइएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : २७ बजे

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको