साहित्यकार चालिसेलाई 'व्यथित साहित्य सम्मान' प्रदान गरिने | Khabarhub Khabarhub

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । 

चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय छन् । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उनी महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुन् ।

उनका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् । हालै उनको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ ।

यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो । 

गत वर्ष यो सम्मान प्रा अभि सुवेदीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : ४७ बजे

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन

यस्तो छ नेपाल-चीन १२ बुँदे वक्तव्य

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल

वैतेश्वरका अध्यक्षले सुनाए उपलब्धि – बाटो निर्माणदेखि अस्पतालका शय्यासम्म !

दोलखा – पछिल्लो आठ वर्ष अवधिमा दोलखाको वैतेश्वर गाउँपालिका अध्यक्ष

८ स्टार कलाकार राखेर ‘महाभोज’ निर्माण गर्दै दिनेश राउत

काठमाडौं – गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ को

साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड

एजेन्सी – मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन्