प्रधानमन्त्री भन्छन्- सांस्कृतिक पर्वलाई बिथोल्ने प्रयास यज्ञमा बाँदर आइपुगे जस्तो « Khabarhub

प्रधानमन्त्री भन्छन्- सांस्कृतिक पर्वलाई बिथोल्ने प्रयास यज्ञमा बाँदर आइपुगे जस्तो


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् ।

नेपाल सम्वत् नयाँ वर्ष ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिए ।

‘राजनीतिक तथा सांस्कृतिक कार्यक्रममा यज्ञमा बाँदर आइपुगे जस्तो हुँदैन, यसलाई राष्ट्रिय एकताका साथ सबैको गौरव, सबैको उपलब्धिको रूपमा लिनु पर्दछ’, उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको बताए ।

नेपाल सम्वतलाई कामकाजका भाषाका रूपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने ओलीले बताए ।

उनले नेपाल सम्वत मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफू हुँदा थालनी भएको र बिचका केही वर्ष रोकिएको १० लाख रुपैयाँमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख पुर्‍याएको उनले स्मरण गराए ।

‘यसको वास्तवमा नै असाधारण महत्त्व छ, यो नेपाली माटोको उपज हो, हाम्रो भाषा, हाम्रो संस्कृति नेपाली माटोको उपज हो, अन्यत्रबाट आयातित होइन, हाम्रो सभ्यता, हाम्रो संस्कृति हाम्रो माटाको उत्पत्ति हो, हाम्रो कला हाम्रो माटोको उत्पत्ति हो, यी कुरालाई जति संरक्षण गर्न सक्छौँ नेपाली त्यति नै सांस्कृतिक रूपले समृद्ध हुँदै जान्छ’, ओलीले भने ।

नेपाल भौगोलिक, जैविक, भाषिक, सांस्कृतिक विविधताको देश भएको ओलीले प्रष्ट पारे । तीमध्ये पनि सबैभन्दा धनी संस्कृति काठमाडौं उपत्यकाको संस्कृति भएको ओलीले दाबी गरे ।

नेपाल सम्वत असाधारण चिन्तनको स्मरणमा सुरु भएको ओलीले बताए । कसैलाई हराएर ल्याएका दिन नेपाल सम्वत नभएर जनतालाई ऋण मुक्त गरेको दिन भएको ओलीले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्