पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण « Khabarhub

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्याङ्कले देखाएको छ ।

डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ। प्रदूषकहरूको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्कले प्रदुषकहरूका दायरा १०६७ मा पुगेको जनाएको छ ।

लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीसँग भन्नुभयो, “हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।”निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ।

प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।मुख्य प्रदुषकको श्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक–टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेस्टुरेन्टहरू प्रतिबन्धित भएका छन्।

सरकारी कार्यालय र निजी कम्पनीका आधाभन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् । निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकासमा पकाइने स्ट्रिट फुड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : ३७ बजे

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका