अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन « Khabarhub

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु ३२ लाख ४४ हजार सङ्कलन भएको छ । तीन दिनको अवधिमा सो रकम सङ्कलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु २९ हजारदेखि अधिकतम रु १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका–७ बिमको तल्लोगाउँ टोलबाट रु १३ लाख सहयोग प्राप्त भएको छ । त्यसैगरी बिमबाङ टोलबाट रु ११ लाख, डाँडागाउँ टोलबाट रु पाँच लाख, ढुनोट टोलबाट रु एक लाख७७ हजार, नौमाने टोलबाट रु ४३ हजार, अर्कला टोलबाट रु ३० हजार र इल्पु टोलबाट रु दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ०७ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल