अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन « Khabarhub

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु ३२ लाख ४४ हजार सङ्कलन भएको छ । तीन दिनको अवधिमा सो रकम सङ्कलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु २९ हजारदेखि अधिकतम रु १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका–७ बिमको तल्लोगाउँ टोलबाट रु १३ लाख सहयोग प्राप्त भएको छ । त्यसैगरी बिमबाङ टोलबाट रु ११ लाख, डाँडागाउँ टोलबाट रु पाँच लाख, ढुनोट टोलबाट रु एक लाख७७ हजार, नौमाने टोलबाट रु ४३ हजार, अर्कला टोलबाट रु ३० हजार र इल्पु टोलबाट रु दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ०७ बजे

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका