विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो « Khabarhub

विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो ।

त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ४३ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो