आज २०८१ साल मंसिर १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १७ गते सोमबारको राशिफल


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १७ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख। मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि। गढीमाई मेला प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ। खानपानमा ख्याल नगर्नाले रोगको जोखिम छ। बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क गर्दा घाटा हुने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विश्वास घात हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ। साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ। धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ। गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ।

कर्कट : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ। दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : साना कुराले मन अशान्त बन्नेछ। एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ। परिवारसँग रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ। परिवारले भन्दा बाहिरका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

वृश्चिक : धनस्थानमा चन्द्रमा पुगेका छन्। धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

धनु : दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ। स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ। साथीभाइको साथले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ। साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ।

कुम्भ : शुभग्रहको बल बहुमतमा छ। मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ। अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ११ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको