सप्तरीको डाक्नेश्वरी-४ मा जसपाका यादव विजयी | Khabarhub Khabarhub

सप्तरीको डाक्नेश्वरी-४ मा जसपाका यादव विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले छ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले तीन र जनता समाजवादी पार्टीका रविन्द्र रायले तीन मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : २२ बजे

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेको जित

काठमाडौं– कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले

चितवनका लागि कुशलले लिए तेस्रो विकेट : पाँचौ ओभरमा काठमाडौंले तीन विकेट गुमायो

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द्र

चितवन राइनोजविरुद्ध सुरुमा ब्याटिङ गर्दै काठमाडौं गुर्खाज : दोस्रो ओभरमै पहिलो विकेट गुम्यो

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका