दुल्लू नगरपालिका-१३ मा एमालेका शाही विजयी | Khabarhub Khabarhub

दुल्लू नगरपालिका-१३ मा एमालेका शाही विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको दुल्लू नगरपालिका-१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका हुन्। उने पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे।

निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए।

साथै दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ। महाबुका छ वटै वडाका नौ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा छ हजार नौ सय ८९ मत खसेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द्र

चितवन राइनोजविरुद्ध सुरुमा ब्याटिङ गर्दै काठमाडौं गुर्खाज : दोस्रो ओभरमै पहिलो विकेट गुम्यो

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका

एनपीएल : आठ टिमका यी हुन् ४० विदेशी खेलाडी

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

काठमाडौं– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण