एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी « Khabarhub

एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको खेलमा गेटाफेलाई २-० ले हराउँदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरीलाई छोट्याएको छ।

आइतबार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङ्घम र केलिएन एम्बाप्पेले गोल गरे।

एलियोन नियोमले एन्टेनियो रुडिगरलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ३० औँ मिनेटमा बेलिङ्घमले रियललाई अग्रता दिलाएका थिए।

त्यसको ८ मिनेटपछि बेलिङ्घमकै पासमा एम्बाप्पेले गोल गरे। तालिकामा १५ खेल खेलेको बार्सिलोनाको ३४ तथा १४ खेल खेलेको रियल म्याड्रिडको ३३ अङ्क छ। १५ खेल खेलेको एट्लेटिको म्याड्रिडको ३२ अङ्क छ।

स्पेनिस ला लिगाकै आइतबार भएका अन्य खेलमा एथलेटिको क्लबले रायो भल्कानोलाई २-१ ले तथा रियल सोसिडाडले रिल बेटिसलाई २-० ले हराए। अर्को खेलमा भिल्लारियल र गिरोना बिच २-२ गोलको बराबरी भयो। २६ अङ्क भएको एथलेटिको क्लब चौथो तथा भिल्लारियल पाँचौँ स्थानमा छन्। २२ अङ्क भएको गिरोना सातौँ स्थानमा छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : १७ बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको