सप्तरीको डाक्नेश्वरी–१ र ४ मा जसपा नेपालका उम्मेदवार विजयी « Khabarhub

सप्तरीको डाक्नेश्वरी–१ र ४ मा जसपा नेपालका उम्मेदवार विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरीको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर ४ मा भएको मतदानमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा धिरेन्द्र कुमार साह ६ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।

यस्तै, वडा नम्बर ४ मा देवेन्द्र प्रसाद यादव विजयी भए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे ।

२०७९ सालमा भएको निर्वाचनमा यी दुवै वडामा काङ्ग्रेसले जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : २३ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट