१५ औं ओभरमा काठमाडौंले ६ विकेट गुमायो « Khabarhub

१५ औं ओभरमा काठमाडौंले ६ विकेट गुमायो


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्। पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले १५ औं ओभरमा ६ विकेट गुमाएको छ। कीर्तिपुर मैदानमा टस जितेर सुरुमा फिल्ड रोजेको चितवनले काठमाडौंमाथि दबदबा बढाएको हो।

चितवनका लागि सोहेल तनवीरले तीन विकेट लिँदा चितवनका मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइनले एकएक विकेट लिएका हुन्। १६ औं ओभरको समाप्तिमा ६ विकेट गुमाएको काठमाडौं ९१ रन बनाएर खेलिरहेको छ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : २३ बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको