तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती « Khabarhub

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे। माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए। शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।


पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दबदबा बढाएको थियो। चितवनका लागि सोहेल तनवीरले पाँच विकेट लिँदा मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एकएक विकेट लिएका हुन्। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

अहिले प्रतिस्पर्धामा रहेका यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

काठमाडौँ गुर्खाजमा करण केसीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४३ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण