चीन यात्रामा निस्किए प्रधानमन्त्री ओली (तस्बिरहरू) | Khabarhub Khabarhub

चीन यात्रामा निस्किए प्रधानमन्त्री ओली (तस्बिरहरू)


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहने जनाएको थियो ।

सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन्, जसमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारीहरू रहेको जनाइएको छ।

चार दिने चीन भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा छन्।

त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्।

त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी पनि छन्।

त्यस्तै परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल छन्।

त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंहलगायत पनि भ्रमण टोलीमा सहभागी छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ०६ बजे

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेस प्रदेश संसदीय दलको

तीनकुने घटनाबारे लिङ्देनको कटाक्ष- प्रहरी महानिरीक्षक थापा त युवासंघका सह-अध्यक्ष पो रहेछन्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी

अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा

काठमाडौं– आफ्नो कार्यकाल सकेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी

हिमाल महोत्सव गर्न जुटे ताप्लेजुङका दुई पालिका

ताप्लेजुङ– ताप्लेजुङका दुई स्थानीय तहमा मात्रै हिमाल छन् । फक्ताङ्लुङ

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयले