चीन यात्रामा निस्किए प्रधानमन्त्री ओली (तस्बिरहरू) « Khabarhub

चीन यात्रामा निस्किए प्रधानमन्त्री ओली (तस्बिरहरू)


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहने जनाएको थियो ।

सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन्, जसमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारीहरू रहेको जनाइएको छ।

चार दिने चीन भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा छन्।

त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्।

त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी पनि छन्।

त्यस्तै परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल छन्।

त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंहलगायत पनि भ्रमण टोलीमा सहभागी छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ०६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्