निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् ।

रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले सात सय ८५ महिला र तीन सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएको जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, ईसीजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएको बताए । भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उनको भनाइ छ ।

भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ३५ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई