दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी « Khabarhub

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन ।

भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन समय लागेकाले भर्खरै मात्र सर्वदलीय बैठक बसिरहेको छ।

हिउँ परेर राति नै मतपेटिका ल्याउन नसकेका कारण आज बिहान ८ बजे मात्रै मतपेटिका मतगणनास्थलमा आइपुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

आज नै मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको थपलियाको भनाइ छ ।

उपाध्यक्षका लागि कांग्रेसबाट पासदिकी तामाङ, माओवादीबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पालगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : १६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु