निजी विमान चार्टर्ड गरेर चीनतिर प्रधानमन्त्री, यी परियोजनामा हुन सक्छ सम्झौता « Khabarhub

निजी विमान चार्टर्ड गरेर चीनतिर प्रधानमन्त्री, यी परियोजनामा हुन सक्छ सम्झौता


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्।

हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ ।

सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजावाहक विमान चढ्नुपर्ने सामान्य प्रचलन छ । तर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीले निजी क्षेत्रको विमान चार्टर्ड गरेको चीनतर्फ लागेका हुन् ।

भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।

चीनसँग मस्यौदाका दुईवटा प्रस्ताव बनाइएको छ- एक हस्ताक्षरका लागि र अर्को थप छलफलका लागि ।

भ्रमणका क्रममा विभिन्न पूर्वाधार परियोजना अघि बढाउने सहमति हुने सम्भावना छ ।

काठमाडौं रिङरोडको स्तरोन्नति
टोखा-छहरे सुरूङमार्ग निर्माण
जिलुङ-केरुङ-काठमाडौं रेलमार्ग अध्ययन
खाँदबारी-किमाथांका सडकमा मितेरी पुल निर्माण

चीनले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि सहयोग गर्नेछ। नेपाली र चिनियाँ जनताबीच सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न भाषा विकासका कार्यक्रम अघि बढाइनेछ।

चीनले २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३०० मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहमति हुनेछ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल निर्माण।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्। बुधबार उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन् । ओलीको टोली आगामी मंसिर २० गते काठमाडौं फर्किने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ५८ बजे

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण