४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर | Khabarhub Khabarhub

४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएल क्रिकेट अन्तर्गत स्टारहरूले भरिएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध खराव प्रदर्शन गरेको छ ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएर हौसिएको जनकपुर बोल्ट्सविरुद्ध कर्णालीको ब्याटरको प्रदर्शन फितलो देखिएको हो ।

कर्णालीले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको छ । उसका ओपपनर देव खनाल र शिखर धवन सस्तैमा आउट भए । खनाल ५ बलमा १ रन बनाउँदै आउट भए ।

यो खेलका मुख्य आकर्षण नै शिखर धवन थिए । तर उनी पनि सस्तैमा आउट हुँदा कीर्तिपुर स्टेडियमा हुटिङ लागेको थियो ।

एनपीएको पहिलो खेल खेलिरहेका स्टार क्रिकेटर शिखर धवन सस्तैमा आउट भए । उनी १४ बलमा १४ रन बनाएको अवस्थामा आउट भए ।

त्यसैगरि चाड्विक विल्टन पनि १२ बलमा केबल ८ रन बनाउँदै पेभेलियन फर्किए । कर्णालीका अर्का ब्याटर जिसन मक्सुद पनि २ बलमा खाता नखोल्दै आउट हुन पुगेका छन् ।

कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा ललित राजवंशी, हर्ष थकेर, जेम्स निसम र मोहम्मत मोसिनले समान १/१ विकेट लिन सफल भएका छन् ।

ताजा अवस्थामा कर्णाली ११ ओभर खेल्दै ४ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ५२ बजे

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल 

काठमाडौं– शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन् 

कार्यकालको अन्तिममा राष्ट्रपति बाइडेनले दिए छोरा हन्टरलाई माफी

एजेन्सी – मेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय

अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले

एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात जिल्लामा अधिवेशन

रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ

काठमाडौं – रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक