बेलका–९ : बदर मतको विवादले रोकिएको मगणना अझै सुरु भएन « Khabarhub

बेलका–९ : बदर मतको विवादले रोकिएको मगणना अझै सुरु भएन


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनको मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भएपछि गणना रोकिएको थियो।

समान्य मसि लागेको मत पनि गणना गर्ने कि नगर्ने भन्ने विषयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि मतगणना रोकिएको हो ।

बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आईतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरु सहितको सर्वदलिय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलिय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवदीको ८०, कांग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, माओवादी केन्द्रका भरत घिमिरे, जसपाबाट राजकुमार राई, रास्वपाबाट तेजमान बिक, राप्रपाबाट टिकाराम फयाल र मंगोल नेसनलबाट सुरे तामाङ उम्मेदवार छन् ।

बोलका–९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । उदयपुरको त्रियुगा नगरपालिका १२ मा भने माओवादी केन्द्रका नवीन वान्तवा राई निर्वाचित भईसकेका छन् ।

राईले ९२३ मत ल्याएर विजय भएका छन् । त्रियुगा–१२ मा २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसका चुडाराज काफ्ले निर्वाचित भएको थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ०६ बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘आफन्तवाद र नातावादलाई निषेध गर्नुपर्छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना