ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य « Khabarhub

ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो ।

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जन घर्ती र सोमपाल कामीले उकासेका हुन् । ओपरन शिखर धवन र बाबर हायतबाहेक सुरुवाती क्रमका ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

१३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा पुगेको कर्णालीलाई गुलशन झाले उकास्ने प्रयास गरे । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनी २७ बलमा ३६ रन जोडेर किशोर महतोको बलमा बोल्ड भए ।

अर्जुन घर्ती र सोमपाल कामीले टिमलाई संकटबाट उकास्ने गरि रन जोडे। २ चौका र २ छक्काको सहयोगमा अर्जुनले ३३ रन जोडे । २२ बल खेलेका उनी रन आउट भए ।

त्यस्तै, सोमपालले १३ बलमा २९ रन जोडे । उनले १ छक्का र ३ चौका हिर्काए । जनकपुरका लागि मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । जेम्स निशम, किशोर महतो, ललित राजवंशी र हर्श थाकर समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी