राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान « Khabarhub

राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

उनले विगतका त्रुटि कमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगले बलियो वैचारिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।

एकताको पूर्वसर्त आत्मीयता भएकाले विगतमा भएका कमजोरीलाई दोहोर्‍याएर एकता हुन नसक्ने उनको भनाइ छ ।

राष्ट्रवादी भन्ने दलहरुले आत्मसमीक्षा गर्नुपर्ने थापाले बताए। उनले कांग्रेस–एमालेविरुद्ध जनता उत्रिएको देखिए पनि उनीहरुकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे ।

थापाले रवि लामिछानेको गिरफ्तारी प्रकरणतर्फ संकेत गर्दै विभिन्न प्रकरणमा अनुसन्धान लम्ब्याउने  काम भएको र प्रहरीले पक्राउ गरेकाहरुलाई मानसिक तनाव दिने काम भएको आरोपसमेत लगाए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ४५ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३