उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै « Khabarhub

उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।

उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्।

कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले ती वडामा १२ हजार ८७२ मत गनिसकिएको छ।
नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्।

जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन्।

यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ५६ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले