उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै | Khabarhub Khabarhub

उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।

उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्।

कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले ती वडामा १२ हजार ८७२ मत गनिसकिएको छ।
नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्।

जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन्।

यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ५६ बजे

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको