कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै « Khabarhub

कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा गत असोज तेस्रो सातादेखि निर्माण थालिएको पक्की पुलले गति लिएको छ । दसैँ र तिहारको बिदाका बेला समेत पुलको काम निरन्तर सञ्चालन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण अगाडि बढेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।

उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको छ । कूल ७४. २० मिटर लम्बाइ रहेको पुल विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ ।

वडा सदस्य दयाराम श्रेष्ठले भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण भइरहेको बताए ।

कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन् । पुल निर्माणपश्चात् यस ठाउँका सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु