कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी « Khabarhub

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् । दोस्रो भएका माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५ मत प्राप्त गरेका छन् ।

२०७९ काे निर्वाचनमा दोस्रो भएको एमाले उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो भएका छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : १६ बजे

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ