पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु « Khabarhub

पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वल्र्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ । कास्की टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर शुभारम्भ गरे ।

यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३ सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धाण हुनेछ ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स ̸ महिला एकल तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए । उनले खेलकुद प्रतियोगिता र पूर्वाधार विकासका लागि महानगरले सँधै सहयोग गर्ने स्पष्ट पारे ।

कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन प्रतियोगिताले मद्धत पुगेको बताए । प्रतियोगिता सम्पन्न गर्न करिव रु २१ लाख खर्च हुने गुरुङले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ५४ बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको