वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो « Khabarhub

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बङ्गलादेशले मङ्गलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ ।

अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसीनाको शासन ढालेपछि सम्बन्धहरू झनै तनावपूर्ण बनेका छन् । हसिना अहिले भारतमा बसिरहेका छन्‌ ।

नयाँदिल्लीले बारम्बार बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दू समुदायको सुरक्षाको माग गरेको छ । हिन्दूहरूले हसिनाको निष्कासनपछि उनको सरकारप्रति उनीहरूको कथित समर्थनका कारण अराजक आक्रमणहरू देखेका छन् ।

हिन्दू कार्यकर्ताहरूले सोमबार दुई देशको साझा सीमाबाट टाढा रहेको सानो भारतीय सहर आगरतलामा विरोध प्रदर्शनका क्रममा बङ्गलादेशी वाणिज्य दूतावासमा आक्रमण गर्ने प्रयास गरेका थिए । भारतले उक्त आक्रमणको निन्दा गरेको छ र स्थानीय प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयका अधिकारीहरूलाई भेटेपछि भारतीय उच्चायुक्त (राजदूत) प्रणय वर्माले आफ्नो देश लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्न हसिनाको निष्कासनपछि पदभार ग्रहण गरेको अन्तरिम सरकारसँग संलग्न हुन प्रतिबद्ध रहेको बताए ।

‘यो व्यापक सम्बन्ध हो, बहुआयामिक सम्बन्ध हो’, उनले पत्रकारहरूलाई भने, ‘सुरक्षा र विकासका लागि हाम्रो साझा आकांक्षाहरू पूरा गर्न हामी बङ्गलादेश सरकारसँग मिलेर काम गर्न इच्छुक छौँ ।’

हसिनाको शासनको विरोधमा महत्वपूर्ण भूमिका खेलेका र अहिले अन्तरिम मन्त्रिमण्डलको हिस्सा बनेका २६ वर्षीय समाजशास्त्र स्नातक नाहिद इस्लामले एक्समा एक पोस्टमा ‘भारतको शासक अभिजात वर्ग’ लाई ‘बङ्गलादेश विरुद्ध घृणा फैलाएको’ आरोप लगाए ।

‘नरसंहार र बाल हत्यामा जिम्मेवार पलायन शेख हसिनालाई शरण र समर्थन प्रदान गर्न जारी राखेर भारत सरकारले साझा लोकतान्त्रिक मूल्यमान्यताहरूलाई अवमूल्यन गर्ने जोखिम उठाएको छ’, उनले भने, ‘भारतले यो बिर्सनु हुँदैन कि यसको स्थिरता र अखण्डता बङ्गलादेशको स्थिरता र अखण्डतासँग नजिकबाट जोडिएको छ ।’

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ४४ बजे

एनपीएल सिजन–३ मा कसले कुन अवार्ड जिते ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै