विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ « Khabarhub

विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत्रुपमा आइतबार सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मङ्गलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्रेतायुगमा झै प्रतीकात्मक रुपमा रामलक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रङ्गभूमि मैदानमा बनाइएको मञ्चमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो । प्रतीकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए ।

जानकी मन्दिरका छोटे महन्थ रामरोसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको सङ्ख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएको थियो ।

जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाए पनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको छ । यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत–नेपालको विभिन्न ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडि पण्डालमा हजारौँ सङ्ख्यामा श्रद्धालको उपस्थिति रहेको थियो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरका लागि राखिएको धनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो । सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो । दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो ।

चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौँ दिनअर्थात् मङ्सिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्‍याउने छ ।

त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ । रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी