आज २०८० साल पुस १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १८ गते बुधबारको राशिफल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १८ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने योग देखिएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। परिवारबाट खुशी प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। धेरै साथीमध्ये तपाईंले उत्कृष्ट नतिजा प्राप्त गर्नुहुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारमा खटपटी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

कर्कट  : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी सँगसँगै भएकाले विवेक प्रयोग गर्नुपर्छ। सानो विषय भनेर लापरवाही नगर्दा घाटा हुनसक्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। व्यापारमा फाइदा हुनेछ। खाने समयमा रिस उठ्नाले घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्यको ख्याल गर्नु नै उत्तम हुन्छ।

कन्या : हातमा चन्द्रमा छन्। दान गरेमा मान बढ्नेछ। साथीसँग बोल्दा नम्र बन्नु राम्रो हुन्छ। पारिवारिक, वैदेशिक र राष्ट्र सेवाको क्षेत्रमा प्रगति हुनेछ।

तुला : दिन सामान्य छ। सानो गल्तीको ठुलो आरोप र विरोध हुने योग रहेको छ। तपाईं हरेक क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र राम्रो छ। विदेश यात्रा हुनसक्छ। परिवारको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। हिजो सहयोग गर्नेहरु टाढा हुनेछन्। सञ्चित धन खर्च हुने योग रहेको छ। स्वास्थ्य र शिक्षामा अब्बल हुनेछ। पारिवारिक सम्बन्धमा धोका सहनुपर्ने बाध्यता रहेको देखिन्छ।

धनु : आजको दैनिकी सामान्य छ। शिक्षाको क्षेत्रमा अवरोध हुनसक्छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। स्वास्थ्य अवस्था राम्रो छ। सोचेको भन्दा परिवारको विचार फरक हुने भएकाले वादविवाद हुनसक्छ।

मकर : दिन राम्रो छ। तपाईंले आलस्य त्याग्नु राम्रो हुन्छ। राष्ट्र सेवामा नाम कमाए पनि परिवारको कलहले सताउने छ। आफन्त टाढिनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। पिपलको पूजा गर्नु राम्रो हुन्छ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा तपाईंको लगानी भए आम्दानी बढ्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको