आज २०८० साल पुस १८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस १८ गते बुधबारको राशिफल


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १८ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने योग देखिएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। परिवारबाट खुशी प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। धेरै साथीमध्ये तपाईंले उत्कृष्ट नतिजा प्राप्त गर्नुहुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारमा खटपटी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

कर्कट  : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी सँगसँगै भएकाले विवेक प्रयोग गर्नुपर्छ। सानो विषय भनेर लापरवाही नगर्दा घाटा हुनसक्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। व्यापारमा फाइदा हुनेछ। खाने समयमा रिस उठ्नाले घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्यको ख्याल गर्नु नै उत्तम हुन्छ।

कन्या : हातमा चन्द्रमा छन्। दान गरेमा मान बढ्नेछ। साथीसँग बोल्दा नम्र बन्नु राम्रो हुन्छ। पारिवारिक, वैदेशिक र राष्ट्र सेवाको क्षेत्रमा प्रगति हुनेछ।

तुला : दिन सामान्य छ। सानो गल्तीको ठुलो आरोप र विरोध हुने योग रहेको छ। तपाईं हरेक क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र राम्रो छ। विदेश यात्रा हुनसक्छ। परिवारको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। हिजो सहयोग गर्नेहरु टाढा हुनेछन्। सञ्चित धन खर्च हुने योग रहेको छ। स्वास्थ्य र शिक्षामा अब्बल हुनेछ। पारिवारिक सम्बन्धमा धोका सहनुपर्ने बाध्यता रहेको देखिन्छ।

धनु : आजको दैनिकी सामान्य छ। शिक्षाको क्षेत्रमा अवरोध हुनसक्छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। स्वास्थ्य अवस्था राम्रो छ। सोचेको भन्दा परिवारको विचार फरक हुने भएकाले वादविवाद हुनसक्छ।

मकर : दिन राम्रो छ। तपाईंले आलस्य त्याग्नु राम्रो हुन्छ। राष्ट्र सेवामा नाम कमाए पनि परिवारको कलहले सताउने छ। आफन्त टाढिनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। पिपलको पूजा गर्नु राम्रो हुन्छ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा तपाईंको लगानी भए आम्दानी बढ्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ०५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः