डंकीले कटायो ४०० करोडको आँकडा « Khabarhub

डंकीले कटायो ४०० करोडको आँकडा


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालै रिलिज भएको शाहरुख खानको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ ।

शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनीत यो फिल्मले दोस्रो सप्ताहन्तमा पनि उत्कृष्ट कमाई गरिरहेको छ। रेड चिलीज इन्टरटेनमेन्टका अनुसार अहिलेसम्म डंकीले ४०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

डंकीले १३औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४० करोड कमाएको छ । सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ ।

उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ ।

शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ । गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो ।

शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ३८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण