नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री « Khabarhub

नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए । 

प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताए। नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उनको भनाइ छ । 

वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिबिम्बित गर्न खोजिएको बताए । आफू पनि कृषिको विद्यार्थी भएकाले उनले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदाहरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताए । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उनको भनाइ थियो । 

सो अवसरमा पतञ्जलि योगपीठका महासचिव आचार्य बालकृष्णले दिगो विकासका लागि कृषिको भूमिका सम्बन्धी प्रस्तुति दिँदै कृषि क्षेत्रमा गर्न सकिने कामका बारेमा जानकारी गराएका थिए । उनले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने अवधारणा पेस गरेका थिए । 

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रिपरिषद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ३९ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा