यी हुन् सौगात मल्लका आगामी फिल्म « Khabarhub

यी हुन् सौगात मल्लका आगामी फिल्म


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दयाहाङ राईको समय पाउन निर्मातालाई फलामको च्यूरा चपाउनु सरह भएको छ । दयाहाङले सम्झौता गरेका फिल्मको काम सकाउन पनि कम्तिमा अर्को सालको यही समयसम्म कुर्नुपर्नेछ । यही बीचमा दयाको बजार हेरेर उनलाई नै लिने गरी फिल्म निर्माता लेखनका काममा जुटेका छन् ।

यही अवस्था सौगात मल्लको पनि छ । अहिलेको चर्चाले जताततै दयाहाङ मात्र देखिए पनि सौगात पनि कम व्यस्त छैनन् । उनले पनि समय नदिँदा निर्माताहरू, उनको फुर्सद कुरेर बसेका छन् ।

‘हात्तीछाप’को प्रचारमा सक्रिय देखिएका सौगातले अब सुटिङ गर्ने फिल्मको सूचीमा ‘बलिदान’लाई प्राथमिकतामा राखेका छन् । यो फिल्मको सुटिङ माघको दोस्रो वा तेस्रो हप्ता सुरु हुनेछ । ‘बलिदान’पछि सौगातले ‘रिमै’का लागि समय दिएका छन् । यो चलचित्रमा सौगात दया र रिस्मा गुरुङको अभिनय रहनेछ । यी तीन जनाले ‘कबड्डी २’पछि सँगै काम गर्न लागेका हुन् । 

‘रिमै’पछिको समय सौगातले ‘कोतपर्व’लाई दिने वाचा गरेका छन् । जंगबहादुर राणालाई शासन सत्तामा ल्याउने काण्डको रुपमा चिनिने कोतपर्वका लागि सौगातले जेठको समय दिएका छन् । 

यसपछिको समय उनले राजबहादुर सानेको निर्देशन रहने ‘सिटामोल’का लागि दिएका छन् । यसो हुँदा उनको असारसम्मको सेड्युल प्याक रहनेछ । यो बीचमा उनले अनुकुल मिले‘ पञ्चामृतको पनि काम सक्नुपर्नेछ । यो फिल्म सौगातकै कारण भदौदेखि यता सरेको सरै छ ।

 यो फिल्मको सुटिङ माघमा सुरु गर्ने निर्देशक मुस्कान ढकालको तयारी थियो । तर कलाकार फेरबदलका कारण यो फिल्म त्यो समय जान नसक्ने विश्वस्त श्रोत बताउँछ । योबाहेक उनले यही बीचमा ‘फाटेको जुत्ता २’ लागि पनि समय छुट्याउने वचन दिएका छन् । 

‘लुकामारी २’ र ‘मोक्ष’ निर्देशक प्रवीण श्रेष्ठको नयाँ फिल्ममा पनि सौगात मल्ल रहने सम्भावना प्रबल छ । यसरी हेर्दा निर्मातालाई सौगातलाई लिएर फिल्म बनाउन पनि राम्रै कसरत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ४५ बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३