भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी « Khabarhub

भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो। विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो । 

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ । 

उनले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको बताए । 

उनले बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको बताएका छन् । केही दिनअघि मात्र गत आर्थिक वर्षको रु दुई करोड ९० लाख रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उनको भनाइ छ । ‘अब ठेकेदारलाई रु दुई करोड भुक्तानी गर्न बाँकी छ’, उनले भने, ‘पुल निर्माणका लागि संशोधित लागत रु २१ करोड ५० लाख हो, सबै काम सम्पन्न गर्दा रु डेढ करोड बजेट थप गर्नुपर्ने देखिन्छ ।’

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो ।  निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो ।

तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ०७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका