विपदमा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री « Khabarhub

विपदमा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरि वृद्धि भएको बताएका छन् । 

ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताएका छन् । 

प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताए । जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेटसमेत थप गरी १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताए । 

अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुनेगरि प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुनःनिर्माणका लागि पहल लिनुपर्नेमा जोड दिए ।

प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनःनिर्माणको कार्य प्रारम्भ गरिने बताए ।

उनले यसका लागि सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्र र तहमा तीव्रताका साथ तयारी गर्न निर्देशन पनि दिए । 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ३९ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष