जापानमा भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो « Khabarhub

जापानमा भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको इशिकावा प्रान्तमा सोमबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । 

सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो ।

स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।

क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् ।  

जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपि मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् ।  

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ३ : ०३ बजे

बलिउडमा काम माग्दै शरद कपुरको अपिल, सहयोगमा उत्रिए सलमान र सोनु सूद

काठमाडौं– एक समय बलिउडका चर्चित फिल्ममा खलनायक बनेर दर्शकमाझ छाएका

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर

भक्तपुर– गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी : एक लाखभन्दा बढीको क्षति

भद्रपुर– झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा

मथिला क्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउने क्रम बढ्दै

महोत्तरी– बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका

नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

काठमाडौँ– नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’