काठमाडौं – नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उनले सन्न्यासको घोषणा गरेकी हुन ।
उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो । ज्योतिले नेपालको राष्ट्रिय महिला क्रिकेटबाट १७ टि२० आई खेल खेलेकी छिन् ।
घरेलु क्रिकेटमा ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् ।
ज्योतिले सन् २०१६ मा थाइल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् । उनले अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेलिन् ।
प्रतिक्रिया