रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ  | Khabarhub Khabarhub

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ घर भई काठमाडौंकाे बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।

बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनि प्रलोभनमा पारी २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार असनमाबाट पक्राउ गरेको हाे ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ०० बजे

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ – कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष

एनसेलले ल्यायो भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं– एनसेल आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ– पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात

एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक

एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता 

काठमाडौं– नेपालमा प्रविधिको प्रयोग बढेसँगै विभिन्न अनलाइन पेमेन्ट सिस्टमहरु प्रयोग