हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण « Khabarhub

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दुबई– यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल-मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ ।

संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बीचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको थियो । अमेरिकी सेन्ट्रल कमान्डले हुथी विद्रोहीले दक्षिणी रेड सीमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने विषयमा बुधबार बैठक आयोजना गर्ने भएको छ, जसमा फ्रान्सेली कूटनीतिज्ञहरूले रेड सीमा हुथी आक्रमणको मुद्दालाई सम्बोधन गर्ने बताएका छन् ।

हालैका हप्ताहरूमा हुथी विद्रोहीहरूले रेड सी र यसलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मान्डेब स्ट्रेटमा रोकिने व्यापारिक जहाजहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । इजरायलले हमास लडाकुसँग लडिरहेको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यवद्धता जनाउन उनीहरूले आक्रमण गरेको बताएका छन् ।

यमनको राजधानी साना र रेड सीको यमनी क्षेत्रको अधिकांश तटीय क्षेत्र नियन्त्रण गर्ने हुथी विद्रोहीले इजरायलसँग सम्बन्ध भएका रेड सीमा यात्रा गरिरहेका जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । उक्त क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी, फ्रान्सेली र बेलायती युद्धपोतले कैयौँ क्षेप्यास्त्र र ड्रोन खसालेका छन् ।

पेन्टागनका अनुसार हुथी विद्रोहीले एक दर्जन व्यापारिक जहाजलाई लक्षित गरी दर्जनौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् । रेड सीको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशतसम्म ओगट्ने पारवहन मार्गलाई खतरामा पार्छ । आक्रमणका कारण रेड सीको जल यातायातको सुरक्षाको लागि भन्दै बहुराष्ट्रिय नौसैनिक कार्यबल गठन गर्न आवश्यक परेको अमेरिकाले जनाएको छ ।

आइतबार अमेरिकी सेनाले डेनमार्कको मास्र्क लाइनको कन्टेनर जहाजमा भएको आक्रमणपछि हुथीका तीनवटा डुङ्गा डुबेको बताएको थियो ।
विद्रोहीले उक्त घटनामा आफ्ना १० लडाकू मारिएको बताएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ४३ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ