काठमाडौं – राष्ट्रियसभा निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट सुरु भएको हो ।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी भएका छन् । राष्ट्रियसभाको भागबण्डा मिलाउन मंगलबार र बुधवार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मात्र छलफल भएको थियो ।
कांग्रेस र माओवादीका नेताहरूको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको छ ।
यो पनि …
राष्ट्रियसभा चुनाव : एमालेको कसरतले फेर्ला त गठबन्धनको कोर्स ?
प्रतिक्रिया