राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा « Khabarhub

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका बिमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरूपको बहस नै नहुने अवस्था रहेको धारणा राखे । 

दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा राष्ट्रियसभा सदस्य छनौटमा समस्या देखिएको उनको भनाइ छ । त्यस्तै थापाले कांग्रेसले देश संकटमा रहेको भन्न नमिल्ने बताए । थापाले कुनै क्षेत्र रहँदा नै पार्टीसँग सम्बन्ध गास्न नसके भविष्यमा समस्या पर्छ भन्ने कुरालाई भंग गर्न संरचनात्मक परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

संवैधानिक हिसाबले निरन्तर निर्वाचन सही ढंगले भइरहेको अवस्थामा मुलुक कुनै पनि हिसाबले अप्ठेरो अवस्था रहेको नदेखिएको उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : २२ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको