राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो ! « Khabarhub

राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो !


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा आफ्नो भाग खोजेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमालेले आग्रह गरेको बताएका थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्तावबारे थप बुझेर गठबन्धन दलबीच फेरि छलफल हुने जानकारी दिए । यस विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको भन्दै उनले एमालेसँगको सहकार्य ससर्त हुने बताए ।

पुष २३ गते उम्मेदवारी दिनका लागि २० मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रित भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुनः बस्ने र थप छलफल गर्ने जानकारी दिए ।

त्यस्तै, बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वरलगायतका विभिन्न सम्झौतालाई राष्ट्रहितमा ल्याउने विषयमा छलफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ०९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच