आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै « Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हालसम्म चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मी यसपटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आर्मी यसअघि विसं २०६५, २०६६, २०७२ र  २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन ।

यसअघि पाँच पटक उपाधि जितिसकेको थ्रीस्टार आज छैटौँ उपाधिको खोजीमा रहेको छ । थ्रिस्टारले विसं २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

थ्रीस्टार प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने योजनामा छ ।

यही माघ ९ गतेदेखि सुरु भएको १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउने छन् ।    

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ४७ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई