मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै « Khabarhub

मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपीएफ उपाधिका लागि खेल्दै


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीय हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ०३ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको