अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासेसन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए ।

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए ।

दुर्घटनामा  पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरूको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ११ : ०७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून