भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण « Khabarhub

भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्नेगरी निर्माण भएको आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन ब्राइट वुल-युडी जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो । 

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । तोकिएको मापदण्डानुसार गुणस्तरीय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताए। तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम गरेको भए पनि कोभिडका कारण नौ महिना म्याद थप्नुपरेको उनको भनाइ छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कामु आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गरेका हुन् । नर्सिङ आवास भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पतालका प्रमुख डा शिवजी रिजालले बताए । आवास भवन नहुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उनको भनाइ छ ।

‘नर्सिङ आवास नहुँदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो’, प्रमुख रिजालले भने, ‘आवास नहुँदा बाहिर बस्नुपर्ने भएकाले रातको समयमा धेरै समस्या थियो, अब भने बिरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।’ भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यवस्थापनका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताए । 

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताए । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : ०० बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको