पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह « Khabarhub

पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रौतामाई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी र ज्वाइँसहित उदयपुर पुगेका छन् । जिल्लास्थित रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्रीले छोरी गंगा दाहाल र कान्छा ज्वाइँ जीवन आचार्यलाई पनि सँगै लगेका हुन् ।

रौतामाईको भुट्टारमा आज आयोजित समारोहबीच प्रशासकीय भवन उद्घाटन गर्दै उनले गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए ।

स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले जनतालाई सुलभ सेवा प्रवाह गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ०३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका