पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह | Khabarhub Khabarhub

पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रौतामाई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी र ज्वाइँसहित उदयपुर पुगेका छन् । जिल्लास्थित रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्रीले छोरी गंगा दाहाल र कान्छा ज्वाइँ जीवन आचार्यलाई पनि सँगै लगेका हुन् ।

रौतामाईको भुट्टारमा आज आयोजित समारोहबीच प्रशासकीय भवन उद्घाटन गर्दै उनले गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए ।

स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले जनतालाई सुलभ सेवा प्रवाह गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ०३ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार